पाेखरा: श्रीमतीको हत्यापछि आफ्नै पेटमा खुकुरी रोपेका गुरुङको अवस्था गम्भीर
पाेखरा | भदौ १७, २०७९
कास्की: पोखरा महानगरपालिका १४ स्थित छिनडाँडामा श्रीमतीको हत्यापछि आफ्नै पेटमा खुकुुरी प्रहार गरेका लोक बहादुर गुुरुङको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार गुरुङको अवस्था गम्भीर रहेको हो ।
श्रीमातीको हत्यापछि आफ्नै पेटमा खुकुरी हानेका पतिको अहिले पश्चिमाञ्चल अस्पतालमा उपचार भैरहेको छ, इन्सपेक्टर खड्काले सुनगाभा न्यूजसँग भने, ‘उपचार भइरहेपनि अहिले उहाँको अवस्था चिन्ताजनक भएको बुझिएको छ ।’
इन्सपेक्टर खड्काका अनुसार घरायसी विवादका कारण आज बिहान लोकबहादुुर गुुरुङले आफ्नो श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरि गरेका थिए ।
त्यसपछि आफ्नै पेटमा खुुकुरी प्रहार गरि आत्महत्याको प्रयास गरेका खड्काले बताए । उनका अनुसार घाइते भएका उनको उपचारका लागि पार्कल्याण्ड पुर्याइएपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।
हाल अस्पतालमा उपचरार भइरहेको गुरुङको अवस्था चिन्ताजनक रहेको खड्काले जानकारी दिए ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

